शिवसेना नेपाल पुणेले खुला पुरुष भलिबल प्रतियोगीता गर्दै

लोकेन्द्र शाही , भारत
भारतको पुणेमा खुला पुरुष भलिबल प्रतियोगीता हुने भएको छ ।
शिवसेना नेपाल पुणेको आयोजनामा आँउदो २६ जनवरीमा खुला पुरुष भलिबल प्रतियोगीता हुन लागेको हो ।
खेलाडीको पहिचान र बिकासका लागी तेश्रो पटक प्रतियोगीता गर्न लागीएको आयोजकले जनाएको छ ।
प्रतियोगीतामा भागलिने खेलाडीहरुले जनवरी २५ तारेख सम्म आफ्नो टिम दर्ता गराउन सक्ने आयोजक समितीका चेतन नेपालीले जानकारी दिएका छन् ।
खेल सितल पेट्रोल पम्प कोंढवा पोलिस चौकी नजिक खेलाईने छ । प्रतियोगिता स्थलमा मदिरा सेवन गरेर प्रवेश गर्न नपाईने आयोजकले जनाएको छ ।
प्रतियोगीता सम्वन्धि थप जानकारी चाहिएमा ९७३०९५४५२० मा सम्पर्क गर्न सकिने छ ।
तपाईको कमेन्ट लेख्नुहोस्