Techie IT
Agni Khabar

इसरा सरस्वती मृत्युु प्रकरण : शारीरिक सम्बन्ध राख्न नमान्दा मारेको खुलासा


अछामको ढकारीमा मृत भेट्टिएकी दुई किशोरीहरुको शारिरी सम्बन्ध राख्न नमान्दा हत्या भएको खुलेको छ ।

गत माग १२ गते ढकारी गाउपालिका वडा नम्वर १ को छिन्ने वडार जङलमा मृत भेट्टिएकी इसरा खड्का र सरस्वती खड्काको यौन प्रस्ताव अस्विकार गरेपछी हत्या गरिएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय अछामले शनिबार आज पत्रकार सम्मेलन गरि खड्का फूपू भदैको सोही गाउपालिका वडा नम्वर ३ का दुइजना किशोरले अफ्नो यौन प्रस्ताव अस्विकार गरेपछी ढुंगाले हानेर हत्या गरेको सार्वजनिक गरेको छ ।

माघ ११ गते छिन्ने वडार जङ्गलमा बाख्रा चराउन गएकी इसरा र सरस्वतीलाई उनिहरुका प्रेमीहरुले शारीरिक सम्बन्ध राख्न नमान्दा ढुंगाले हानेर हत्या गरेको स्विकार गरेको प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो सीआईबी, सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुुक्त टोलीले गरेको अनुुसन्धानका क्रममा उनीहरुकोयौन प्रताव नमान्दा हत्या भएको खुुलेको हो ।

हत्या गरेको अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको थियो । घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी इश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

यस्तो छ हत्याको कारण

दुुई किशोरीको हत्याको प्रमुुख कारण यौन प्रस्ताव अस्विकार रहेको प्रहरीले जनाएको छ ।

मृतक इशरा खड्का र पक्राउ परेका मध्येका बुढा थरका नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुुने गरेको थियो ।

उनीहरु दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पुुगाइसकेको थियो तर भेट्ने मौका पाइएको थिएन ।

ढकारी गाउँपालिका–३ ताली र किशोरीहरुको गाउँ ढकारी गाउँपालिका–८ पल्साता भौगोलिक रुपमा टाढा पर्ने भएका कारण पनि उनीहरुको भेट हुन सकेको थिएन ।

अछाममा माघ महिनामा विवाहित छोरीबेटीलाई उनकै घरमा पुगेर माइती पक्षले कोशेली दिने प्रचलन छ । माघ ११ गते तालीबाट पक्राउ परेका दुवै किशोर कोशेली लिएर फूपुुको घरमा पुुगेका थिए ।

फूपुको घर आएको मौकामा किशोरीसँग भेट गर्ने योजना बनाउँछन् । उनीहरुबीच टेलिफोन संवाद हुन्छ ।

गोठालो गएका बेला छिन्ने जंगलमा भेट्ने तय हुन्छ । दुवै किशोर घुुमफिर गरेर आउने भन्दै ११ गते बिहानै फूपुको घरबाट निस्किन्छन् ।

फूपुको छोरा अन्दाजी १० वर्षीय किशोरलाई पनि सँगै लिएर उनीहरु किशोरीलाई भेट्ने योजनासहित छिन्ने जंगलतर्फ लाग्छन् ।

दिउँसो करीब साढे १२ बजेको समयमा उनीहरु छिन्ने जंगलमा पुुग्छन् ।

त्यहाँ उनिहरुको किशोरीसङ्ग भेट हुन्छ । उनिहरुले किशोरीहरुसङ्ग शारीरिक सम्बन्धको प्रस्ताव राख्छन् । त्यो प्रस्ताव किशोरीहरुले अस्विकार गर्छन र प्रस्ताव नमानेपछी ढुङ्गाले हानेर बीभत्स हत्या गर्छन् ।




तपाईको कमेन्ट लेख्नुहोस्