नेपाल राष्ट्रिय शिक्षक संगठन कमलबजारको अध्यक्षमा बिष्ट सर्वसम्मत
नेपाल राष्ट्रिय शिक्षक संगठन कमलबजार नगर समितीको अध्यक्षमा हिक्मत बहादुर बिष्ट सर्वसम्वत निर्वाचित भएका छन् ।
आज कमलबजारमा सम्पन्न संगठनको तेस्रो अधिवेशनबाट बिष्ट सर्वसम्वत निर्वाचित भएका हुन ।
संगठनको उपाध्यक्षमा चक्र बहादुर शाही र कविता साउद , सचिव खगेन्द्र प्रसाद सुवेदी र काेषाध्यक्ष मोतिराम देवकोटा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
अधिवेशनमा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य नरबहादुर रावल प्रमुख अतिथी रहेका थिए ।
प्रमुख अतिती रावलले नेपाल राष्ट्रिय शिक्षक संगठनको नवनिर्वाचित कमिटिले शिक्षकहरुको हक हितका निम्ति अग्रसर भएर काम गर्नुपर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले अहिलेसम्म सक्रियता पुर्वक शिक्षकहरुका पेसागत हकतितका निमित्त अग्रणी भुमिका खेल्दै आएको र अबका दिनहरुमा पनि त्यसको निरन्तरता दिनुपर्नेमा रावलको जोड थियो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष बल बहादुर कुवर , कमलबजार इन्चार्ज नन्दसिंङ चलाउने लगाएतको सहभागिता रहेको लोकेन्द्र चलाउनेले जानकारी दिएका छन् ।
ताजा खबर
- १एमाले अछामले अगुवा कार्यकर्ता भेला गर्दै : रामबहादुर थापाले सम्बोधन गर्ने
- २कमलबजार नगरपालिकामा एचपीभी खोप अभियान शुरु:पहिलो दिन ५१२ छात्राले लगाए खोप
- ३निर्धन उत्थान लघुवित्तद्वारा बीमा क्षतिपूर्ति रकम हस्तान्तरण
- ४नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २ को बैठक सम्पन्न
- ५इसरा सरस्वती मृत्युु प्रकरण : शारीरिक सम्बन्ध राख्न नमान्दा मारेको खुलासा
तपाईको कमेन्ट लेख्नुहोस्