Techie IT
Agni Khabar

एमाले अछामका ५९ जनाले विज्ञप्ती जारी गरेको अफवाह


अछाम एमालेका ५९ जना नेता कार्यकर्ताले भिम रावललाइ साथ दिने भन्दै विज्ञप्ती जारी गरेको कुरा अफवाह भएको खुलेको छ ।

विज्ञप्तीमा उल्लेख गरिएका केही ब्यक्तिहरुले आफुलाइ बिज्ञप्तीबारे केहिपनि जानकारी नभएको बताएपछी बिज्ञप्ती जारी गरेको कुरा अफवाह मात्र भएको खुलेको हो ।

सोमबार बिहान सामाजिक सन्जाल तथा मिडियाहरुमा एमाले अछामका ५९ जनाद्वारा भिम रावललाइ साथ दिने भन्दै बिज्ञप्ती जारी भएको समाचारहरु आएका थिए ।

विज्ञप्तीमा नाम उल्लेख गरिएका ललित ढोली , अम्बर बिक , भरत अयडी लगाएतका ब्यक्तिहरुले आफुलाइ बिज्ञप्तीबारे केही पनि जानकारी नभएको बताएका छन् ।

“विज्ञप्तीबारे केही पनि जानकारी छैन कस्ले कसरी केको आधारमा बिज्ञप्तीमा मेरो नाम उल्लेख गर्यो त्यो लेख्ने मान्छेलाइ नै थाहा होला ” अम्बर बिकले भने ।

उनले आफूलाई विज्ञप्तीमा जिल्ला कमिटी सदस्य भनिएको तर आफू जिल्ला कमिटी सदस्य नभएको समेत बताएका छन ।

यस्तै नेकपा एमालेका जिल्ला कमिटी सदस्य ललित ढोलिले आफु नेकपा एमालेको इमान्दार सिपाही भएको र अरु कुनै पनि अभियानमा नजोडिएको बताएका छन् ।

उनले सामाजिक सन्जाल फेसबुक मार्फत आफु नेकपा एमालेको इमान्दार कार्यकर्ता भएको तर समाचारहरुमा आफ्नो समेत नाम देख्दा अचम्म लागेको लेखेका छन् ।




तपाईको कमेन्ट लेख्नुहोस्