Techie IT
Agni Khabar

नेपाल चिकित्सकसंघ भेरी शाखाको अध्यक्षमा डा.अधिकारी निर्बिरोध


नेपाल चिकित्सकसंघ भेरी शाखाको अध्यक्षमा डा.रुपानन्द अधिकारी निर्बिरोध चयन भएका छन् ।

पैष १९ गते दर्ता भएको डा.अधिकारीको उम्मेद्धारी उपर कुनै पनि दाबि बिरोध नपरेपछि उनि सर्बसम्बत चयन भएका हुन् ।

चिकित्सक संघ भेरी शाखामा अध्यक्षमा डा. अधिकारी सहित उनको सम्पुर्ण समुहनै निर्बिरोध चयन भएको छ ।

जस्मा उपाध्यक्ष डा.संकेत कुमार रिसाल , सचिव डा. प्रचण्ड गौतम , सह.सचिव डा. विजय उपाध्याय , कोषाध्यक्ष डा . राहुल मिश्र , सह कोषाध्यक्ष डा. अजय वैश्य तथा ५ जना सदस्य डा. रोशन कुमार यादब , डा. राहुल कुर्मि , डा. बसन्तराज न्यौपाने , डा. रत्नमणि सुबेदी र डा.लक्ष्मण सिग्देल सर्बसम्वत चयन भएका छन् ।

सर्बसम्वत अध्यक्ष चयन भएका अधिकारी अछाम जिल्लकाको तत्कालिन मष्टाबण्डाली गाबिस तथा हालको कमलबजार नगरपालिका वडा नं ९ बजगाँउका बासिन्दा हुन् ।

उनि केही महिना अघि मात्रै भेरी अञ्चल अस्पताल नेपालगञ्जबाट सेवानिवृत भएका थिए ।

नेपाल चिकित्सक संघका अहिले देशभरि १६ वटा शाखा छन् । मेची, कोशी, सगरमाथा, जनकपुर, नारायणी, गण्डकी, लुम्बिनी, भेरी र सेतीसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लहान, चितवन, दाङ, सुर्खेत, पाल्पा र जुम्ला शाखा छन् ।
नेपाल चिकित्सक संघ कम्युनिटी मेडिसिन (जनस्वास्थ्य) मात्र नभएर सर्ने रोग, नसर्ने रोग, मातृ स्वास्थ्य, शिशु तथा बाल स्वास्थ्य, मानसिक स्वास्थ्य लगायत सम्पूर्ण विज्ञहरुको सोसाइटीहरुको छाता संगठनको रुपमा परिचित छ ।




तपाईको कमेन्ट लेख्नुहोस्