Techie IT
Agni Khabar

अछाममा मरेको ब्रोइलर खाएपछी एकजनाको ज्यान गयो


अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्यु भएको छ भने परिवारका अन्य तीनजना बिरामी भएका छन् ।

कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल विकको आइतबार मृत्यु भएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

विकले शुक्रबार स्थानीय मासु पसलबाट मरेको कुखुराको मासु ल्याएर खाएका थिए । मासु खाएपछि बिरामी भएका विकको आइतबार मृत्यु भएको भण्डारीले बताए ।

उनका अनुसार कुखुराको मासु खाने मृतककी हजुरआमा ७० वर्षीय नाम विक, उनकी १४ वर्षीय नातिनी सीता विक र नाति ९ वर्षीय विकास विक पनि बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी भण्डारीले बताए ।

मरेको कुखुराको मासु खाएपछि मृतक बालकसहित परिवारका अन्य सदस्यमा पेट दु:ख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएको छ।

 




तपाईको कमेन्ट लेख्नुहोस्