Techie IT
Agni Khabar

कमलबजार एयरपोर्टमा तारा एयरको व्यवसायिक उडान सुरु


अछाम जिल्लाको कमलबजार विमानस्थलमा तारा एयरलाइन्सले आइतबार देखि व्यावसायिक उडान सुरु गरेको छ ।

गएको पौष १३ गते परिक्षण उडान गरेको एयरलाइन्सले आइतबारबाट व्यावसायिक उडान थालेको हो ।

कमलबजार नगरपालिकाले आइतबार एक औपचारिक समारोहका बिच विमानस्थलको उद्घाटन समेत गरेको छ ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले आइतबार विमानस्थलको उद्घाटन गरेका थिए ।

अब देखि प्रत्यक आइतबार कमलबजार विमानस्थलबाट काठमाडौ जान सकिने छ ।




तपाईको कमेन्ट लेख्नुहोस्