Techie IT
Agni Khabar

एमाले अछामले अगुवा कार्यकर्ता भेला गर्दै : रामबहादुर थापाले सम्बोधन गर्ने


नेकपा एमाले जिल्ला कमिटी अछामको आयोजनामा अगुवा कार्यकर्ता भेला हुने भएको छ ।

माघ २४ गते भोलि मंगलसौनमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको जिल्ला कमिटी अध्यक्ष चन्द्र बोहराले जानकारी दिए ।

भेलालाइ एमाले उपाध्यक्ष राम बहादुर थापा बादलले सम्बोधन गर्नेछन् ।

पुर्व गृहमन्त्री समेत रहेका उपाध्यक्ष थापा आजै मंगलसैन आइपुग्ने जिल्ला अध्यक्ष बोहराले जानकारी दिएका छन् ।

नेकपा एमालेको तीन महिने वडा केन्द्रीत अभियान अन्तर्गत अछाम जिल्लामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको उनले बताए ।

पार्टी केन्द्रको निर्णय अनुसार नेकपा एमाले अछाम अहिले तीन महिने वडा केन्द्रित अभियानमा सक्रिय छ ।

जिल्लाका प्रत्यक वडा तथा टोलहरुमा पार्टीका केन्द्र देखि जिल्ला तहका नेताहरू पुगेर कार्याकर्तालाई आवश्यक प्रशिक्षण गर्ने तथा पार्टीको कार्य योजना समेत निर्माण गर्ने काम भैरहेको जिल्ला कमिटी अध्यक्ष बोहराले बताएका छन् ।




तपाईको कमेन्ट लेख्नुहोस्