Techie IT
Agni Khabar

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २ को बैठक सम्पन्न


नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी अछाम क्षेत्र नं २ को बैठक कमलबजारमा सम्पन्न भएको छ ।

पार्टिको केन्द्रिय सर्कुलर अनुसारका विभिन्न निर्णय गर्दै शनिबार बैठक सम्पन्न भएको हो ।

बैठकमा पार्टिको तीन महिने वडा केन्द्रित अभियान संचालन गर्ने , पार्टि सदस्यता नविकरण गर्ने , नयाँ सदस्यता वितरण गर्ने लगाएतका निर्णय भएका निर्वाचन क्षेत्र समन्वय कमिटी सचीव शेर बहादुर बुढाले जानकारी दिएका छन् ।

निर्वाचन क्षेत्र समन्वय कमिटी संयोजक नन्दसिंह चलाउनेको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथी पार्टिका केन्द्रिय सदस्य यज्ञ बहादुर बोगटी रहेका थिए ।

बैठकलाइ सम्बोधन गर्दै केन्द्रिय सदस्य बोगटीले पार्टिलाइ थप शसक्त र जनमुखी बनाउन सबै नेता कार्यकर्ता सक्रिय भएर लाग्न आग्रह गरेका छन् ।

पछिल्लो समय नेकपा एमालेमा जनताको आकर्षण देखेर केही तत्वको निन्द्रा हराम भएको र उनिहरु एमाले बिरोधी गतिविधिमा सक्रिय भएले त्यसको प्रतिवाद गर्न उनले नेता कार्यकर्तालाइ निर्देशन समेत गरेका छन् ।

बैठकमा संविधानसभा सदस्य भैरे कामी , प्रदेश कमिटी सदस्यहरु पदम बहादुर बुढा , सारदा विष्ट कुँवर , कमल रावल , जिल्ला कमिटी अध्यक्ष चन्द्र बोहरा , सचिव भिम रावल , उप-सचिव डम्बर बिसि लगाएतको सहभागिता रहेको थियो ।




तपाईको कमेन्ट लेख्नुहोस्