कमलबजारमा मोटरसाईकलको ठक्करबाट एक बृद्धाको ज्यान गयो
अछामको कमलबजारमा मोटरसाईकलको ठक्कर बाट एक बृद्धाको ज्यान गएको छ ।
विहीवार कमलबजार नगरपालिका वडा नं. १ मुलीकी ७२ बर्षिय मैसरा ढकालको मोटरसाईकलको ठक्करबाट ज्यान गएको हो ।
कमलबजारबाट तुर्माखाँद जादैँ गरेको सुदुरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ पैदल यात्रा गरिरहेकी ७२ वर्षकी कढकालको घट्नास्थलमै ज्यान गएको अछाम प्रहरीले जनाएको छ ।
कमलबजार तुर्माखाँद सडकखण्डको मोटरकाट्यामा तुर्माखादका लक्ष्मण बहादुर शाहीले चलाएको मोटरसाईकलले पैदल यात्रामा रहेकी उनलाइ ठक्कर दिएको थियो ।
ठक्करबाट ढकाललको मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएपी ईश्वरी प्रसाद भण्डारीले बताए ।
चालक र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।
ताजा खबर
- १एमाले अछामले अगुवा कार्यकर्ता भेला गर्दै : रामबहादुर थापाले सम्बोधन गर्ने
- २कमलबजार नगरपालिकामा एचपीभी खोप अभियान शुरु:पहिलो दिन ५१२ छात्राले लगाए खोप
- ३निर्धन उत्थान लघुवित्तद्वारा बीमा क्षतिपूर्ति रकम हस्तान्तरण
- ४नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २ को बैठक सम्पन्न
- ५इसरा सरस्वती मृत्युु प्रकरण : शारीरिक सम्बन्ध राख्न नमान्दा मारेको खुलासा
तपाईको कमेन्ट लेख्नुहोस्