कमलबजारमा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

कमलबजार नगरपालिकाको आयोजनामा १५ औं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
कमलबजारको चौकेगडास्थित खेलमैदानमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन जिल्ला विकास समिती अछामका पुर्व सभापती भरत कुमार स्वारले गरेका थिए ।
उद्धाटन समारोहमा नगर प्रमुख यज्ञ प्रसाद ढकाल , उप प्रमुख सारदा विस्ट लगाएतको सहभागिता थियो ।
प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख यज्ञ प्रसाद ढकालले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए ।
खेल क्षेत्रको वृहत्तर वृतिविकासका लागि आफू अग्रसर रहेको उनको भनाइ थियो ।
उनले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले पालिकास्तरीय प्रतियोगितामा भाग लिने छन् ।
प्रतियोगितामा भलिबल, कबड्डी, दौड, हाइजम्प लङजम्प लगायतका खेल समावेश गरिएको नगर स्तरिय खेलकुद विकास समितिका अध्यक्ष धिरज रावतले जानकारी दिए ।
प्रतियोगितामा नगरपालिकाभित्रका ११ वटा विद्यालयका करिब ५ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने उनले बताए ।
तपाईको कमेन्ट लेख्नुहोस्