Techie IT
Agni Khabar

सामाजिक विकास कार्यालय अछामद्वारा प्रभाधम्कोट माविका ७० जना विद्यार्थीलाई सचेतिकरण


विद्यार्थीहरुका लागि सचेतिकरण कार्यक्रम प्रभाधम्कोट मावि साफेबगर नगरपालिका वडा नं ३ मा सम्पन्न भएको छ ।

लागू पदार्थ दुर्व्यसन बिरुद्ध र मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या निरुत्साहनका लागि विद्यार्थीहरुलाई सचेतिकरण सचेतिकरण गरिएको हाे ।

सामाजिक विकास कार्यालय अछामकाे बाल अधिकार संरक्षण कार्यक्रम अन्तरगत आयाेजित कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिती अध्यक्ष आकाश कुवरले गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत सन्तोष विक प्रमुख अतिथि रहनुभएकाे कार्यक्रममा सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर रावल बिशिस्ट अतिथी रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत सन्तोष विकले लागू पदार्थ दुर्व्यसनि सम्वन्धि प्रशिक्षण दिएका थिए । यस्तै कार्यक्रमका विशिस्ट अतिथि तथा सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बर बहादुर रावलले कार्यक्रमकाे औचित्य माथि प्रकाश पारेका थिए ।

प्रभाधम्कोट माविका ७० जना विद्यार्थीहरुकाे सहभागीता रहेकाे कार्यक्रमकाे सञ्चालन विद्यालयका शिक्षक विरेन्द्र खड्काले गरेका हुन ।




तपाईको कमेन्ट लेख्नुहोस्