Techie IT
Agni Khabar

धनवन्तरी मावी तोलिमा बालिकाहरुका लागि आत्मरक्षा तालिम शुरु


सुशील बटाला , बिनायक 

सामाजिक विकास कार्यालय अछामको आयोजनामा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीमा रहेको धनवन्तरी माध्यमिक विद्यालयमा अध्ययनरत १०० जना बालिकाका लागि आत्मरक्षा सम्बन्धी दुई दिने तालिमको उद्घाटन भएको छ।

सामाजिक विकास कार्यालय अछामको लैङ्गिक हिंसा निवारण कार्यक्रम अन्तरगत उक्त कार्यक्रम आयोजना गरिएको हो।

समाजमा बालिकामाथि उनी हिंसा दुर्व्यवहार बाट बच्न आत्मरक्षा तालिमले धेरै सहयोग गर्ने हेतुका साथ कार्यक्रम सञ्चालन गरिएको सामाजिक विकास कार्यालय प्रमुख डम्बर रावलले बताए ।
सहभागी १०० जना छात्रा लाई ट्रयाक सुट समेत वितरण गरिएकाे छ ।

उद्घाटन कार्यक्रमको अध्यक्षता धनवन्तरी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर रावलले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास कार्यालयका प्रमुख डम्बर रावल रहेका थिए ।
कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डम्बर थापा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कमल रावल , वडा सदस्य जानकी रावल , चन्द्रा बिक धनवन्तरी माध्यमिक विद्यालयका प्रधानाध्यापक अक्कल रावल पञ्चदेवल बिनायक नगरपालिका पाेषण शाखा प्रखुम हंशराज अधिकारि वडा सचिव लाेकेन्द्र रावल आस्था नेपालका कर्मचारी लक्ष्मि रावल लगाएतको सहभागिता थियो ।
कार्यक्रमकाे संचालन असाेक बि क ले गरेका थिए ।

कार्यक्रममा सामाजिक बिकास कार्यालयका प्रमुखले विद्यालयलाई खेलकुद सामाग्री समेत हस्तान्तरण गरेका छन ।




तपाईको कमेन्ट लेख्नुहोस्